चलचित्र ‘सारथी’ मंसिर ११ गतेबाट प्रदर्शनमा आउने

२०८३ मंसिर १, मंगलवार

काठमाडौं : मंसिर ११ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘सारथी’को पोस्टर सार्वजनिक भएको छ ।

सार्वजनिक पोस्टरमा हिमाली परिवेश, प्राकृतिक सौन्दर्य र चलचित्रका मुख्य पात्रहरूलाई आकर्षक रूपमा प्रस्तुत गरिएको छ । पोस्टर सार्वजनिक भएसँगै चलचित्रको कथावस्तु र कलाकारको भूमिकालाई लिएर दर्शकमाझ उत्सुकता बढ्ने अपेक्षा निर्माण पक्षको छ ।

फिल्म ‘सारथी’मार्फत गिरि विश्वकर्मा र गायत्री जोशी नवनायक तथा नवनायिकाका रूपमा दर्शकमाझ प्रस्तुत हुँदैछन् । फिल्ममा निरुता सिंह र उत्तम प्रधानको पनि मुख्य अभिनय रहेको छ । करिब दुई दशकपछि निरुता र उत्तमलाई एउटै फिल्ममा देख्न पाउनु ‘सारथी’को अर्को विशेष आकर्षण बनेको छ ।

चलचित्रमा निरुता सिंह, उत्तम प्रधान, मुकुन्द श्रेष्ठ, राजेन्द्र के.सी., सम्रान्त थापा, गिरि विश्वकर्मा, गायत्री जोशी, कल्पना थापा, मदन थापा, अनिता कुइँकेल, कमला अर्याल, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा, सन्तोष ढकाल, विप्लव खड्का, सागर कँडेल, सुदीप नेपाल र धिरेन कार्कीलगायत कलाकारहरूको अभिनय रहेको छ ।

तारा थापा ‘किम्भे’ प्रस्तुतकर्ता रहेको चलचित्र किम्भे प्रोडक्सनको निर्माण तथा धिरज इन्फिनिटी फिल्म्सको सहकार्यमा तयार भएको हो । चलचित्रका निर्माता रदिप श्रेष्ठ र प्रदीप रायमाझी हुन् ।

म्याग्दीको गुर्जा क्षेत्रमा छायांकन गरिएको चलचित्रले हिमाली जनजीवन, स्थानीय संस्कृति, परम्परा, सामाजिक सम्बन्ध र मानवीय संवेदनाका विविध पक्षलाई समेटेको छ । प्राकृतिक सौन्दर्यसँगै स्थानीय जीवनशैलीलाई पर्दामा उतार्ने प्रयास चलचित्रको विशेष पक्षका रूपमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार