रास्वपा मकवानपुरका उपसभापति थापा पदमुक्त

२०८३ मंसिर ११, शुक्रबार

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका जिल्ला उपसभापति टाकाराज थापा (सुरेश) पदमुक्त भएका छन् ।

रास्वपा बागमती प्रदेश समितिले बिहीबारको निर्णयअनुसार थापालाई पदबाट हटाएको प्रदेश सदस्य राजु सुनारले जानकारी दिए । गत जेठमा पाँच वर्षका लागि उपसभापति चुनिएका थापा छ महिना नपुग्दै पदमुक्त भएका हुन् ।

मकवानपुर जिल्ला समितिको सिफारिस तथा जिल्ला र प्रदेशका छानबिन समितिका प्रतिवेदनमाथि छलफलपछि प्रदेश समितिको पूर्ण बैठकले उनलाई पदमुक्त गर्ने सर्वसम्मत निर्णय गरेको हो । यद्यपि, पदमुक्त गर्नुको कारण निर्णयपत्रमा खुलाइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार