काठमाडौं : साउदी अरबको जाजानस्थित तेल प्रशोधन केन्द्रमा भएको आक्रमणमा एक नेपाली कामदारको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् ।
मृतक र घाइतेको विस्तृत विरण भने प्राप्त भएको छैन । साउदी नेतृत्वको गठबन्धन र यमनका हुथी विद्रोहीबीच तनाव बढिरहेका बेला भएको आक्रमणले प्रशोधन केन्द्रको सञ्चालनसमेत प्रभावित पारेको अलजजिराले जनाएको छ ।
साउदी अरबको ऊर्जा मन्त्रालयले आक्रमणकारीको पहिचान खुलाएको छैन । तर, साउदी नेतृत्वको गठबन्धनले आक्रमणमा हुथी विद्रोहीको संलग्नता रहेको आरोप लगाउँदै नागरिक पूर्वाधारमाथि थप आक्रमण भए सैन्य जवाफ दिने चेतावनी दिएको छ ।












