बाजुरामा ट्याक्टर दुर्घ’टना हुदा ३ जनाको मृ’त्यु

२०८३ मंसिर १२, शनिबार

धनगढी : बाजुरामा शुक्रबार साँझ भएको ट्याक्टर दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएपछि मृतकको संख्या तीन पुगेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा घाइते भएकी जगन्नाथ गाउँपालिका–३ मनिकाँडाकी ५२ वर्षीया रामशरा देवी सिंहको शुक्रबार राति कोल्टीस्थित आधारभूत अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनको शव अस्पतालको शवगृहमा राखिएको छ ।

यसअघि दुर्घटनामा सोही ठाउँका ४५ वर्षीय धनरुप शाही र ३५ वर्षीय धर्म शाहीको मृत्यु भएको थियो ।

दुर्घटनामा ट्याक्टर चालकसहित चार जना घाइते भएका छन् । घाइते हुनेमा अछामको रामारोशन गाउँपालिका–४ का २१ वर्षीय चालक नवीन बोहरा तथा बाजुराको जगन्नाथ गाउँपालिका–३ मनिकाँडाका ४० वर्षीया बिउरा ओड, ४५ वर्षीया सिद्धा ओड र २२ वर्षीया संगीता शाही छन् । उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

शुक्रबार साँझ साढे ६ बजे जगन्नाथ गाउँपालिका–३ को दाउणा भन्ने स्थानमा दुर्घटना भएको थियो । पिलुचौरबाट मनिकाँडातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००२ त ४६८७ नम्बरको ट्याक्टर अनियन्त्रित भएर सडकबाट करिब ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार