स्पेननजिकै समुद्रमा अलपत्र डुङ्गामा १५ आप्रवासीको शव फेला

२०८३ मंसिर १२, शनिबार

काठमाडौं : स्पेनको क्यानरी आइल्यान्ड्सनजिकै शुक्रबार समुद्रमा आप्रवासी सवार एउटा डुङ्गामा १५ जनाको शव फेला परेको छ। डुङ्गाको इन्जिन खराब भएपछि करिब १०० जना आप्रवासी तीन दिनसम्म समुद्रमै अलपत्र परेका थिए।

स्पेनी सञ्चारमाध्यमका अनुसार अलपत्र परेको अवधिमा खानेकुरा र पिउने पानी सकिएपछि केही यात्रुले तिर्खा मेट्न समुद्रको नुनिलो पानी पिएका थिए। यसका कारण शरीरमा पानीको मात्रा कम हुँदा उनीहरूको ज्यान गएको हो।

गम्भीर अवस्थामा रहेका ६ जनालाई हेलिकोप्टरमार्फत अस्पताल पुर्‍याइएको छ भने डुङ्गामा सवार अन्य सबै यात्रुको उद्धार गरिएको छ। उक्त डुङ्गा पश्चिम अफ्रिकी मुलुक गाम्बियाबाट युरोप प्रवेश गर्ने प्रयासमा रहेका आप्रवासीलाई बोकेर हिँडेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार