राजेन्द्र लिङ्देन केपी ओलीको असल धर्मपुत्र हुन्, तीनले राजतन्त्र ल्याउँदैनन् : दुर्गा प्रसाईँ

२०८० कार्तिक २१, मंगलवार

काठमाडौं : मेडिकल व्यवसायीबाट राजनीतिकर्मी हुँदै पछिल्लो समय गणतन्त्र विरोधी अभियन्ता बनेका दुर्गा प्रसाईँले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन राजावादी नभएर केपी शर्मा ओलीको धर्मपुत्र भएको आरोप लगाएका छन् ।

वृहत् नागरिक मुक्ति आन्दोलनको घोषणा गर्दै प्रसाईँले राजा ल्याउने कुरा गर्ने लिङ्देन असलमा केपी ओलीको धर्मपुत्र नै हुन् भने । उनले राजा ल्याउने भनेर मत लिएका लिङ्देन गणतन्त्रको मन्त्री खान दौडिएको आरोप समेत लगाए ।

प्रसाईँले भने- मेरो घर छेउको राजेन्द्र लिङ्देन कुरा राजा ल्याउने गर्छन् । गणतन्त्रमा गएर असलमा केपी ओलीको धर्मपुत्र नै हो उहाँ । केपी ओलीले जे भन्यो त्यही गर्नुहुन्छ । राजा ल्याउने भन्यो, गणतन्त्रमा गएर मन्त्री खाइहाल्यो ।

प्रसाईँले राप्रपाबाट राजतन्त्र नफर्किने भएकाले आफूले गणतन्त्रविरुद्ध मुक्ति आन्दोलनको घोषणा गरेको बताए । उनले मङ्सिरमा गणतन्त्र ढाल्ने दाबी समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार