प्रधानमन्त्री प्रचण्डविरूद्ध प्रदर्शन गर्ने ११ जना प्रहरीको नियन्त्रणमा

२०८० जेष्ठ २१, आईतवार

काठमाडौं : काठमाडौंको सिनामंगलबाट प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको छ। 

शनिबार साँझ चार दिने भारत भ्रमण सकेर काठमाडौं फर्किँदै गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरूद्ध नाराबाजी गर्नेहरूलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सिताराम रिजालका अनुसार ११ जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूले प्रधानमन्त्री प्रचण्डविरूद्ध नाराबाजी गरेका थिए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार