काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी दुर्घटनामा निधन हुनुभएकी उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काकी माइली भाइबुहारी डा सञ्जु खाती खड्काप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
प्रधानमन्त्री दाहालले आज बिहान उपप्रधानमन्त्री खड्काको सुर्खेतस्थित निवासमा पुगेर उनिप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । उनिले परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । यसैगरी, उप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि स्व खड्काप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
यही जेठ १६ गते बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै खड्का सवार कारलाई बसले ठक्कर दिँदा उनिको निधन भएको थियो ।





