काठमाडौँ :भारतीय दर्शकहरुले विक्की कौशल तथा सारा अलि खान स्टारर ‘जरा हटके जरा बचके’ सिनेमालाई मनपराएका छन्। सिनेमाले वक्सअफिसमा सुखद व्यापार गरिरहेको छ। बिस्तारै सिनेमाले आफ्नो लगानी हलबाटै उठाउने देखाएको छ।
सिनेमा ४० करोड भारुको लागतमा तयार भएको हो। जुन २ मा रिलिज भएको सिनेमाले डौथो दिनमा ४.१४ करोड भारुको कमाइ गरेको छ।
रिलिजको दिन शुक्रबार सिनेमाले ५.४९ करोड कमाइ गरेको थियो भने शनिबार ७.२० करोड कमाइ गर्न सफल भएको थियो।
यस्तै आइतबार सिनेमाले ९.९० करोड भारु कमाएको छ। भारतीय संचारमाध्यमहरुका अनुसार सिनेमाले यहि गतिमा कमाइ गरेमा यो साता लगानी उठाउने अनुमान गरेका छन्।
सिनेमाले अहिलेसम्म कुल २६.७३ करोड कमाइ गरिसकेको छ। नेपाली वक्सअफिसमा भने सिनेमा कमजोर सावित भएको छ।





