तारकेश्वर नगर प्याब्सनको आयोजनामा नृत्य गोष्ठी सुरु

२०८० जेष्ठ २४, बुधबार

काठमाडौँ : तारकेश्वर नगर प्याब्सनको आयोजनामा बरिष्ट न्रित्यशास्त्री संस्कृतविद भैरब बहादुर थापाद्वारा लिखित नृत्याक्षर बिज्ञान सम्बन्धि सैद्दान्तिक एबम ब्यबहारिक प्रशिक्षण गोष्ठी सुरु भएको छ।

गोष्ठीमा सहभागी हुन तारकेश्वर नगरपालिका भित्र कार्यरत शिक्षक / शिक्षिका हुनुपर्नेछ । उक्त गोष्ठी एन्जल्स स्पोर्ट्स एकेडेमी मनमैजुमा आज जेष्ठ २४ गते बुधबार देखि सुरु भई जेष्ठ २७ गते शनिबार अन्त्य हुनेछ ।

उक्त गोष्ठीमा सहभागी हुन २५०० रुपैया लाग्ने आयोजकले पत्रकार सम्मेलन मार्फत बताएका छन्। उक्त गोष्ठी बिहान ६:२० देखि ९ बजे सम्म संचालन हुनेछ। उक्त गोष्ठीमा सहभागी भई सफल पारिदिन तारकेश्वर नगर प्याबसन अध्यक्ष धन बहादुर पुनले अनुरोध गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार