काठमाडौँ : बलिउड अभिनेत्री कंगना रनावतले अभिनेता रणवीर कपूरलाई आफ्नो निशानामा पारेकी छिन्। रनावतले रणवीर कपूरलाई लक्षित गर्दै इन्स्टाग्राममा पोस्ट सेयर गरेकी छिन्।
केही समय अघि नितेश तिवारी र मधु मन्तेनाले निर्माण गर्ने फिल्म ‘रामायण’मा रणवीरले रामको भूमिका निभाउने चर्चा चलेको थियो। यो फिल्ममा आलिया भट्टले सीताको भूमिका निभाउँदै छिन्। फिल्ममा रणवीरले रामको भूमिका निभाउने कुरालाई लिएर कंगनाले कटाक्ष गरेकी हुन्।
‘हालका दिनमा अर्को एक फिल्म रामायण आउँदैछ भन्ने सुन्दैछु। जहाँ एक सेतो मुसा, जो कथित रूपमा अभिनेता छ। जसलाई सूर्यको प्रकाशको आवश्यकता छ र जो उद्योगमा खराब कुरा गर्न लोकप्रिय छ। जो नारीकरणका लागि चिनिन्छ र लागुऔषध दुर्व्यसनी पनि हो। जसले एक फिल्ममा आफूलाई शिव बताउन असफल साबित भयो’, उनले लेखेकी छन्,‘जसलाई कसैले देखेन र यसको दोस्रो भाग पनि बनेन। अब आफूलाई राम बनाउने तयारीमा छ।’
बलिउडमा अभिनेत्री कंगना रनावत आफ्नो प्रष्ट विचार राख्ने अभिनेत्रीमा पर्दछिन्। उनका केहि विचारहरु विवदास्पद पनि बनेका छन्। कंगनाको कुरा गर्ने हो भने उनी पछिल्लो पटक स्पाइ थ्रिलर फिल्म ‘धाकड’ मा देखिएकी थिइन्। चाँडै नै उनको फिल्म ‘इमर्जेन्सी’ रिलिज हुँदैछ। जसको दर्शकहरु आतुरताका साथ पर्खिरहेका छन्।





