प्रधानन्यायाधीशमा सिफारिस कार्कीविरुद्ध २९ उजुरी

२०८० जेष्ठ २८, आईतवार

काठमाडौं : प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीविरुद्ध संसदीय सुनुवाइ समितिमा २९ वटा उजुरी परेका छन्। कार्कीविरुद्ध उजुरी दिनेमा एक जना बहालवाला जिल्ला न्यायाधीश समेत रहेका छन्।

७ जना अधिवक्ता, ३ जना अधिकारकर्मीले पनि कार्कीलाई प्रधानन्यायाधीश नबनाउन माग गर्दै उजुरी दिएका छन्। जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईले उजुरी गरेका हुन्। प्रधानन्यायाधीशमा सिफारिस कार्कीविरुद्ध आर्थिक अनियमिततादेखि कानुनी क्षमतामा समेत प्रश्न उठाइएको छ।

संसदीय सुनुवाइ विशेष समितिले गत जेठ १६ गते १० दिनको समय दिएर उजुरी आह्वान गरेको थियो । ती उजुरीमाथि सोमबार सांसदहरूले छलफल गर्ने संघीय संसद् सचिवालयले जानकारी दिएको छ। सोमबारको बैठकमा सांसदहरुलाई उजुरी अध्ययनका लागि दिइनेछ।

सुरुमा उजुरीकर्तासँग छलफल गरेपछि कार्कीलाई सुनुवाइ समितिमा बोलाउने तयारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार