काठमाडौं : कांग्रेसका केन्द्रीय समेत रहेका डा मिनेन्द्र रिजालले कलेजमा पठाउन थालेका छन् । उनले राजधानीको एपेक्स कलेजमा अध्यापन थालेका हुन् । उनले सो कलेजमा नियमित रूपमा आइतबार बिहान ८ देखि १० बजेसम्म पठाउने बताइएको छ । रिजालले सामाजिक सञ्जालमार्फत १९ वर्षपछि नियमित रूपमा पढाउन थालेको जानकारी दिएका छन् ।
‘सुखद अनुभव, १९ वर्षपछि नियमित रूपमा पढाउन थालेँ। अब हरेक आइतबार बिहान ८–१० बजे एपेक्स कलेजमा पढाउने छु।’
उनले कोर्ष सम्बन्धी आज पढाउँदाका केही तस्बिर समेत सार्वजनिक गरेका छन् । पूर्वमन्त्री समेत रहेका रिजाल केहीअघि कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत भएका थिए ।





