काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हिमाल आरोहीहरूको जीवन विमाको व्यवस्था गर्न सरकारसँग पहल गर्ने बताएका छन्। कांग्रेस जिल्ला कार्यसमिति ओखलढुङ्गाले सोमबार काठमाडौंमा आयोजना गरेको आरोही सम्मान कार्यक्रममा देउवाले आरोहीहरूको जीवन विमा आवश्यक रहेको भन्दै यस विषयमा प्रधानमन्त्रीसँग कुरा गरेर जिवन विमाको पहल गर्ने बताए।
देउवाले भने,’जीवन विमाबारे कुरा उठेको छ। जीवन विमाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग कुरा गर्नेछु।’ देउवाले सगरमाथाको चुचुरोमा कांग्रेसको झण्डा पुराएर पार्टीमात्रै नभएर देशकै लागि गौरवको विषय भएको जिकिर गरे। कार्यक्रममा विश्वको सर्वोच्च शिखर सगरमाथामा कांग्रेसको झण्डा फहराउने आरोहीहरुलाई सम्मान गरिएको थियो ।





