स्वर्गद्वारी दर्शन गरेर फर्किएका तीर्थयात्री सवार जीप दुर्घटना

२०८० जेष्ठ २९, सोमबार

प्यूठान : स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किएको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ।

प्रहरीका अनुसार स्वर्गद्वारी नगरपालिका ४ उपल्लो भिङ्रीमा सडकबाट गाडी खसेको हो। लु १ च ६३४५ नम्बरको उक्त गाडीमा ८ जना सवार रहेको प्रहरीले जनाएको छ। 

घाइतेहरूलाई उपचारका लागि प्यूठान अस्पताल लगिँदै गरेको प्रहरीले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार