काठमाडौं : पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेशराज दाहाललाई मसी छर्किने समूहको नेतृत्व गर्ने सरोज पोख्रेल पक्राउ परेका छन् ।
नेविसंघ मोरङका अध्यक्षसमेत रहेका पोख्रेललाई मोरङ-सुनसरी संयुक्त टोलीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाएको हो ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार घटनामा संलग्न अन्यको प्रहरीले खोजी गरिरहेको छ । गत सोमबार सेवा आयोगको इटहरी आपगाछीस्थिति क्वार्टरमा पुगेर नेविसंघको एउटा समूहले अध्यक्ष दाहालमाथि मसी छर्किएको थियो ।





