प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त, राष्ट्रपतिबाट लिए शपथ

२०८० असार १, शुक्रबार

काठमाडौं : प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त भएका छन् । संसदीय सुनुवाई समितिले कार्कीको नाम प्रधानन्यायाधीशमा अनुमोदन गरेपछि राष्ट्रपतिले उनलाई नियुक्त गरेका हुन् ।

नवनियुक्त प्रधानन्यायाधीश कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलबाट शीतल निवासमा पद तथा गोपनीयताको शपथ समेत लिएका छन् ।

यसअघि कामु प्रधानन्यायाधीशको जिम्मेवारीमा ८ महिनासम्म रहेका कार्कीले उमेर हदका कारण २० साउनबाट अनिवार्य अवकाश पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार