ओली भेट्न च्यासल पुगे वामदेव गौतम

२०८० असार ३, आईतवार

काठमाडौं : एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेकपा एकता अभियानको संयोजक वामदेव गौतम च्यासल पुगेका छन् ।

अहिले ओली र गौतमबीच भेटवार्ता जारी छ । एमालेले ७० वर्षे उमेर हद हटाएपछि गौतमको एमालेमा फर्किने बाटो खुला भएको थियो ।

अध्यक्ष ओलीले आफूलाई बोलाए एमालेमा फर्किन तयार रहेको गाैतमले बताएका थिए । ओलीले पनि गौतमको सदस्यता एमालेमै रहेको बताउँदै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार