नेप्सेमा सामान्य करेक्सन, ४ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट

२०८० असार ४, सोमबार

काठमाडौं : सोमबार नेप्सेमा सामान्य करेक्सन आएको छ।

लगातार ९ दिन नेप्से बढेकाले बजारमा नाफा बुक गर्ने लगानीकर्ता सक्रिय हुँदा नेप्सेमा सामान्य करेक्सन आएको हो।
यस दिन नेप्से परिसूचक २.९४ अंकले बढेको छ। यस दिन नेप्से ०.१४ प्रतिशतले बढेर २०९१.३९ बिन्दुमा पुगेको छ।

सोमबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। गत कारोबार दिन ४ अर्ब ८६ करोड ९१ लाख ८४ हजार १६ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर १ अर्ब ४० करोड ८२ लाख २२ हजार ८३९ रुपैयाँ पुगेको छ।

यस दिन २५७ वटा धितोपत्रको ३३ लाख ४३ हजार ६७० कित्ता सेयर किनबेच भएको हो। सोमबार ४ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

यस दिन सेन्ट्रल फाइनान्स र लक्ष्मी इक्विटी फण्डको मूल्य १० प्रतिशतले बढेको छ भने बिपिडब्ल्यू लघुवित्त र मेन्छियाम हाइड्रोपावर सेयरमूल्य ९.९९ प्रतिशतका दरले बढेको हो।
यस्तै, सिटी होटलको सेयरमूल्य ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य २१६ रुपैयाँ १० पैसा पुगेको छ।

यसैगरी, सेयरमूल्य सर्वाधिक घट्ने कम्पनीमा युनिक नेपाल लघुवित्त रहेको छ। उक्त कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेर प्रति कित्ता मूल्य १ हजार ३५८ रुपैयाँ ७० पैसामा झरेको छ।
यस्तै, पाँचथर पावरको सेयर मूल्य ७ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ३३१ रुपैयाँ ९० पैसामा सीमित भएको छ।

सोमबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता ५६४ रुपैयाँमा २९ करोड ४८ लाख बराबरको सेयर कारोबार भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा ३.६८ प्रतिशत घटेको हो। सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा नेपाल दूरसञ्चार कम्पनी रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ८९५ रुपैयाँमा १८ करोड १३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ५ समूहको परिसूचक घटेको छ भने बाँकी ८ समूहको परिसूचक बढेको छ।
यसदिन, वित्त समूहको परिसूचक सर्वाधिक ५.२२ प्रतिशतले बढेको छ।

यसैगरी जीवन बीमा समूहको परिसूचक सर्वाधिक २.४८ प्रतिशतले घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार