समाजवादी मोर्चा कुनै स्वादको मोर्चा होइन : माधव नेपाल

२०८० असार ४, सोमबार

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सोमबार घोषणा गरिएको समाजवादी मोर्चा कुनै स्वादको मोर्चा नभएको बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित समाजवादी मोर्चा घोषणासभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। ‘हाम्रो यो मोर्चा स्वादको मोर्चा होइन, सिद्धान्तहिन मोर्चा होइन, विचारहिन मोर्चा होइन,’ नेपालले भने, ‘प्रतिगमनका विरुद्धमा परिवर्तनका लागि एकतावद्ध हुने देशभक्त शक्तिहरुलाई एकतावद्ध बनाएर अघि बढाउनुपर्छ।’

प्रतिगमन पक्ष र परिवर्तनको विपक्षमा उभिनेहरुको विरुद्धमा आफूहरुको मोर्चा हुने उनले बताए।

‘यसो हेर्दा सजिलै गरी नेताहरु बसेका होलान, सजिलै सहमति गरेका होलान्। त्यस्तो होइन। पापड बेल्नु पर्दो रहेछ। शब्द शब्दमा हामीले छलफल गरेका छौं,’ उनले भने, ‘विषयवस्तुमा हामीले गम्भीर बहस गरेका छौं।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार