काठमाडौं : महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटेल, रेस्टुरेन्ट र कला क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न संस्थाहरूसँग सम्झौता गरेको छ।
सम्झौतापश्चात् महालक्ष्मी विकास बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरूले उक्त संस्थाहरूका विभिन्न सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन्। बैंकका ग्राहकले विशालनगर काठमाडौंमा अवस्थित एरोजिन हेल्थ केयरमा कपाल ट्रान्सप्लान्ट र कपाल झर्नेजस्ता समस्याको उपचारमा पाँच प्रतिशतदेखि अधिकतम ४५ प्रतिशतसम्म छुट पाउनेछन्।

त्यसैगरी, इटहरी सुनसरीमा अवस्थित होटेल पाथीभरा इन्टरनेसनलका सेवाहरूमा १० प्रतिशत, मैतीदेवी काठमाडौंमा अवस्थित बुइँगल लाउन्ज एन्ड बारका सेवाहरूमा १५ प्रतिशत, लाजिम्पाटस्थित एलो हात्तीका सेवाहरूमा अधिकतम १० प्रतिशत तथा इटहरी– ६ सुनसरी र मैतीदेवी काठमाडौंमा अवस्थित बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेनका सेवाहरूमा अधिकतम १० प्रतिशतको छुट प्राप्त गर्न सक्नेछन्।
यस किसिमको सहकार्यबाट बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने बैंकको विश्वास छ।





