काठमाडौं : आईसीसी एक दिवसीय विश्वकप छनोट प्रतियोगितामा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्न लागेको हो ।
जिम्बाबेको राजधानी हरारेस्थित टागासिंगा स्पोर्टस् क्लबमा खेल नेपाली समय अनुसार अपराह्न १२ः४५ वाट सुरु हुनेछ ।प्रतियोगिताको पहिलो खेलमा जिक्बावेसँग पराजित भएको नेपाल दोस्रो खेलमा अमेरिकालाई हराएर प्रतियोगितामा पहिलो जित दर्ज गर्ने उद्देश्यसहित मैदानमा उत्रदैँछ ।
उत्कृष्ट लक्ष्य दिए पनि बलिङमा जम्न नसक्दा पहिलो खेलमा हार ब्यहोरेको नेपालले दोस्रो खेल भने जित्नै पर्ने दबाबमा देखिनेछ ।





