संसदमा असार ८ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर

२०८० असार ५, मंगलवार

काठमाडौं: प्रतिनिधि सभामा आउँदो शुक्रबार प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुने भएको छ ।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिम प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी कार्यक्रम शुक्रबारका लागि निर्धारण गरिएको जानकारी गराएका छन् ।

प्रश्नोत्तर कार्यक्रमका लागि प्रतिनिधिसभा सदस्यहरुलाई वर्णानुक्रम अनुसार हरेक समूहमा १५ जना सदस्य रहने गरी १७ वटा समूहमा विभाजन गरिएको छ । यो महिना समूह १ मा रहेका सांसदहरुले मात्र प्रश्न सोध्न पाउनेछन् ।

सांसदहरुले प्रश्न सोध्नका लागि मंगलबार नै पाँच बजेभित्र प्रतिनिधिसभाको सचिव समक्ष आफ्नो प्रश्न लिखित रुपमा बुझाउनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार