नेपाली गोलभेडाको मूल्य बढ्यो

२०८० असार ५, मंगलवार

काठमाडौं : नेपाली गोलभेडाको मूल्य बढ्न थालेको छ । आइतबार कालीमाटीमा किसानहरुले नेपाली टमाटरको मूल्य निकै कम भएको भन्दै सडकमै टमाटार फालेर विरोध गरेका थिए ।

भारतीय टमाटरको थोक मूल्य ५० रुपैयाँ प्रतिकेजीसम्म तिर्दा नेपाली टनेल टमाटरको मूल्य भने ६ देखि १० रुपैयाँसम्म थियो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार मंगलबार भने टमाटरको मूल्य बढेको छ ।

गोलभेडा सानो (टनेल) को प्रतिकेजी ९ रूपैयाँदेखि १४ रुपैयाँसम्म पुगेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सुचना अधिकारी विनय श्रेष्ठले हिजो अस्तिको तुलनामा नेपाली टमाटरको मूल्यमा सुधार आएको बताए । उनका अनुसार अहिले केही माग पनि बढेको छ ।

व्यापारीले बेच्ने बिक्री मूल्य एउटा भएपनि वास्तविक किसानले पाउने मूल्य यो भन्दा कम छ । उता खुद्रा मुल्य भने ४० रुपैयाँ प्रतिकेजीसम्म रहेको छ ।

भारतीय गोलभेडाको भने प्रतिकेजी ४५ रुपैयाँसम्म थोक मूल्य रहेको छ । किसानहरुले उत्पादन गरेर बजारसम्म ल्याउँदा ३० देखि ३२ रुपैयाँसम्म लागत लागे पनि बिक्री गर्दाको मूल्य भने निकै कम भएको गुनासो किसानहरुले गर्दै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
1

ताजा समाचार