विप्लवका कार्यकर्ताद्वारा लघुवित्तको कार्यालयमा तोडफोड र आगजनी

२०८० असार १०, आईतवार

झापा : नेकपा माओवादी केन्द्र नेतृत्वको समाजवादी मोर्चामा समाहित भइसकेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले एउटा लघुवित्तको कार्यालय कब्जा गरेका छन्। 

झापाको दमक नगरपालिका-८ स्थित जीवन विकास लघुवित्तको कार्यालयमा नेकपानिकट युवा संगठनका कार्यकर्ताले आगजनी र तोडफोडपछि कब्जाको घोषणा गरेका हु्न्। उक्त संगठनका झापा इन्चार्ज पुकार सी नेतृत्वमा पुगेको उक्त संगठनका कार्यकर्ताले लघुवित्तको कार्यालयमा तालाबन्दी पनि गरेको छ। 

कालो ब्यानरसहित पुगेका कार्यकर्ताले कर्मचारीलाई बाहिर निकाल्दै तालाबन्दी गरेका हुन्। विप्लवका कार्यकर्ताले लघुवित्तको बोर्ड तोडफोड र आगजनी गरेको छ। जीवन विकास संस्थाले ऋणीहरुलाई धम्क्याएको, शोषण गरेको, चर्को ब्याज असुलेको भन्दै पीडितहरुले नेकपालाई गुहारेको दाबी गरिएको छ। 

चेतावनीसहित सम्झाउँदा वित्तीय अराजकता नरोकेकाले कारबाही गरिएको इन्चार्ज पुकार सी ले बताए। यसअघि विप्लवका कार्यकर्ताले मिटरब्याजीको आरोपमा शनिबार झापाकै बिर्तामोडस्थित बुधबारे हटियामा रहेको नवराज विमलीको घर कब्जा घोषणा गरेको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार