काठमाडौं : आज छापावाल सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार ४ सय रुपैयाँमा खरिद बिक्री भएको छ । आइतबार छापावाल सुन प्रतितोला १ लाख १० हजार २ सय रुपैयाँमा खरिद भएको थियो ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य पनि प्रतितोला १ लाख ९ हजार ८५० सय रुपैयाँ कायम रहेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ९ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ । आज प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँ खरिद भएको छ । अघिल्लो दिन १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ ।





