काठमाडौं : काठमाडौं महानगरपालिका–१५, डल्लुस्थित सिद्धार्थ चोक नजिकै रहेको माछापुच्छे बैंकको एटीएम तोडफोड गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने दैलेख घर भएका २३ वर्षीय पारस ठकुरी र दोलखाको मेलुङ गाउँपालिका–५ घर भएका १९ वर्षीय चन्द्र तामाङ रहेका छन् । उनीहरूलाई गएराति प्रहरीले पक्राउ गरेको हो ।
एटीएम तोफोड गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले तोडफोडमा संलग्न उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।





