नागरिकता लिन जिल्ला प्रशासन कार्यालय मोरङमा २५० मिटर लामो लाइन

२०८० असार १२, मंगलवार

मोरङ : जिल्ला प्रशासन कार्यालय मोरङमा पछिल्ला दिनहरूमा नागरिकता लिनेहरूको लामो लाइन लाग्ने गरेको छ । जन्मसिद्ध नागरिकता पाएकाहरूका सन्तान मोरङमा अनुमानित ७० हजार जना छन् ।

नागरिकता लिनको लागि बिहान साढे ३ बजेदेखि नैलाईनमा बसेको उनीहरूले बताए । जिल्ला प्रशासन कार्यालयको गेटबाट झन्डै २५० मिटर लामो लाइनमा उनीहरू बसेका छन् ।

जिल्ला प्रशासन कार्यालय मोरङले भने जन्मसिद्धका सन्तानका लागि नागरिकता वितरण गर्न छुट्टै कोठाको व्यवस्था गरेको छ । जिप्रका मोरङले हिजो मात्रै १२८ जना जन्मसिद्धका छोराछोरीलाई नागरिकता दिएको थियो।

आज सो सङ्ख्या बढ् नसक्ने कार्यालयले जनाएको छ । वितरण गर्न नसकेका र लाइनमा बसेकाहरूलाई टोकन वितरण गरेर नागरिकता वितरण गरिने कार्यालयले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार