दिनभर गर्मीमा उभिएर पाएको मल ‘हात्तीको मुखमा जिरा’

२०८० असार १३, बुधबार

दाङ : वर्षा लागेसँगै दाङका किसानहरूलाई भ्याइनभ्याइ छ। उनीहरूका लागि यो मानो खाएर मुरी उब्जनी गर्ने समय हो।

यो उब्जनी अचेल उनीहरूको मेहनतले मात्र हुँदैन। रासायनिक मलबिना उत्पादन कम हुने वा हुँदै नहुनेसम्म भइसक्यो। तर किसानहरूले मल पाइरहेका छैनन्।

त्यसैले उनीहरू खेतबारीको कामको चटारो बिसाएर मल वितरण हुने ठाउँ पुग्छन्। वितरण केन्द्रले एक किसान बराबर पाँच किलो मात्र मल दिन्छ। यतिका लागि दिनभर लाम लागेर सास्ती भने औधि खेप्नुपर्छ। किसानहरूले मल वितरण प्रणालफ व्यवस्थित नभएको र पहुँचका भरमा दिएको गुनासो गरे।

‘मल पाउन पनि भनसुन गर्नुपर्ने अवस्था आइसक्यो। यस्तो हो भने राज्यको उपस्थिति कहाँ छ?,’ मल वितरणको जिम्मा पाएको कृषि सामग्री संस्था पुगेका एक किसानले भने, ‘यहाँ आवश्यकताका आधारमा भन्दा पनि पहुँच हुनेले सहजै मल पाइरहेका छन्।’ सबैजसो कृषि सामग्री संस्थामा भिड र गुनासो सुनिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार