रास्वपाले बजेटको विपक्षमा मतदान गर्ने

२०८० असार १३, बुधबार

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बजेटको विपक्षमा मतदान गर्ने भएको छ। रास्वपाका प्रमुख सचेतक सन्तोष परियारका अनुसार आज बिहान सांसदहरूसँग भएको छलफलबाट पार्टी बजेटको विपक्षमा उभिने निर्णय भएको हो।

‘समर्थन गर्न सकिने खालको बजेट आएन, त्यसैले’, परियारले भने। प्रचण्ड नेतृत्वको सरकारबाट गत माघ २२ गते बाहिरिएपछि रास्वपा प्रतिपक्ष कित्तामा उभिएको छ। प्रतिनिधिसभामा रास्वपाका २२ सांसद छन्। सरकारले आजै प्रतिनिधिसभाबाट बजेट पारित गर्ने प्रक्रिया अघि बढाउँदै छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार