दोलखाको बञ्चरेमा बसका सहचालक मृत फेला

२०८० असार १५, शुक्रबार

दाेलखा : दोलखाको बञ्चरेमा यात्रुबाहक बसका सहचालक मृत अवस्थामा फेला परेका छन् । कालिञ्चोक गाउँपालिका–४ को दोलखा सिँगटी सडक खण्डको बञ्चरेमा बा २ ख ८३९ नम्बरको बसका सहचालक गौरीशंकर गाउँपालिका–३ महताराका ४५ वर्षीय नारायणबहादुर खत्री मृत अवस्थामा शुक्रबार फेला परेको प्रहरीले जनाएको छ ।

पार्किङमा राखिएको बसका मृतक सहचालकको टाउको र शरीरमा चोटपटक देखिए पछि बसका चालक र कर्मचारी ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरू बिहीबार राति उक्त बसमा बसेको आधारमा उनीहरूलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सिँगटीले जनाएको छ । मृतकका आफन्तले सहचालकको हत्या भएको भन्दै छानबिनको माग गरेर सिँगटी–चरिकोट सडक अवरुद्ध पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार