अवरुद्ध सडकको अवलोकन गर्दै रवि लामिछाने पहिरोस्थलमा

२०८० असार १५, शुक्रबार

काठमाडौं : पहिरो खसेपछि अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडकको अवलोकन गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन पुगेका छन् ।

बिहीबार दिउँसोदेखि बन्द रहेको उक्त सडकको निरीक्षण गर्न लामिछाने पहिरोस्थल पुगेका हुन् ।

चितवनको इच्छाकामना गाउँपालिका-५ तीन नम्बर पुलमा सुख्खा पहिरो खसेपछि बिहीबार दिउँसोदेखि सडक अवरुद्ध छ । सुख्खा पहिरो खस्ने क्रम जारी रहेकाले अहिले सडक खुलाउने प्रयास भइरहेको छ ।

सडक अवरुद्ध हुँदा गाडीको लामो लाइन लागेको छ भने सयौं यात्रु अपलत्र परेका छन् ।

काठमाडौंबाट भरतपुर गएका सवारीसाधन मुग्लिन र कुरिनटार क्षेत्रमा रोकिएका छन् । नारायणगढबाट काठमाडौं र पोखरातर्फ आएका सवारीसाधन जलवीरे क्षेत्रमा रोकिएका छन् । पहिराेस्थल लामिछानेकाे निर्वाचन क्षेत्रसमेत हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार