म्याग्दी : सडकका विभिन्न स्थानमा पहिरो झर्ने क्रम नरोकिएपछि बेनी–जोमसोम सडकमा यातायात ठप्प भएको छ ।
म्याग्दीमा पर्ने बेनी–जोमसोम सडकको सदरमुकाम बेनीदेखि १० किमी उत्तरतर्फ रघुगंगा गाउँपालिका–२ बैसरीमा माथीबाट निरन्तर पहिरो झरिरहेको छ ।
यस्तै, अन्नपूर्ण गाउँपालिका–२ भुरूङ तातोपानीस्थित नागढुंगा छेउ तथा जलथलेमा माथिबाट पनि निरन्तर पहिरो झरिरहेकोले बेनी–जोमसोम सडकमा यातायात अवरूद्ध छ ।
झरी नरोकिएकोले पहिरो पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ ।





