दलहरूमा लोकतन्त्रको कमी : अग्नि सापकोटा

२०८० असार १६, शनिबार

काठमाडौँ : पूर्वसभामुख अगिनप्रसाद सापकोटाले नेपालका राजनीतिक दलहरूमा लोकतन्त्रको कमी भएको बताएका छन्।

६५ औं संसद् दिवसको अवसर पारेर शनिवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले अहिले पार्टीभित्र बिचौलिया, माफिया मात्रै नभई एकअर्कालाई आरोप लगाएर मूल्य, मान्यता र आदर्शमाथि प्रहार भइरहेको बताए।

उनले लोकतन्त्र प्रवचनको विषय नभई जीवन व्यवहार र नयाँ सभ्यता, संस्कृति र सिद्धान्त भएको बताए। उनले लोकतन्त्र बलियो बनाउन नेपालका राजनीतिक दलहरू प्रतिबद्ध हुन नसकेको बताए।

उनले भने, ‘कमिशन, अहिले बिचौलिया, माफियाहरूको मात्रै होइन, पार्टीभित्र पनि एक अर्कालाई आरोप लगाउँदै हामी कतातिर गइरहेका छौँ। अहिले पार्टीभित्र लोकतन्त्रको कमी छ। लोकतन्त्र भनेको भाषणको विषय नभई जीवन व्यवहार, नयाँ सभ्यता र संस्कृति हो। त्यसका लागि पार्टीहरू प्रतिबद्ध भएको मैले देखिनँ।’

पूर्वसभामुख सापकोटाले कुनै पनि लाभका लागि सिद्धान्तको बलि चढाउनु निर्लज्जताको कुरा भएको बताए। उनले पछिल्लो समय राजनीतिक सिद्धान्तमा पनि विचलन भइरहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार