विल्सनको अभिनय रहेको ‘चोया छपनी’ गीत सार्वजनिक (भिडियो)

२०८० असार १८, सोमबार

काठमाडौं : विल्सन विक्रम राई र अनुषा राईको अभिनय रहेको म्युजिक भिडियो। ‘चोया छपनी’ बोलको गीत रिलिज गरिएको छ ।

अभिनेता विल्सन विक्रम राईको शब्द-रचना तथा तोरेम्पाहाङ राईको संगीत रहेको गीतमा राजेन्द्र चोङ्गबाङ र सबिना योङ्गहाङ लिम्बुको युगल स्वर रहेको छ।

इलाम र झापामा छायांकन गरिएको म्युजिक भिडियो तक्मेबुढा डटकमबाट रिलिज गरिएको हो ।

विल्सन हाल अमेरिकामा छन् । उनी केहीदिनमा किरण नेपालीले निर्माण गर्ने सिनेमा ‘हात्तिछाप’को छायांकनको लागि नेपाल आउँदैछन् ।
आइतबार सार्वजनिक गरिएको म्युजिक भिडियोमा विश्व लिम्बुको पनि अभिनय छ ।

गीतलाई विल्सनले निर्देशन गरेका हुन् । गीतमा अशोक मण्डलको मेकअप, निपेश राईको प्रोडक्सन, कमल राईको कोरियोग्राफी, हेमन योञ्जनको छायांकन, मनोज कार्कीको सम्पादन, कलर तथा भिएफएक्स रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0

ताजा समाचार