आज पनि सुन-चाँदीको मूल्य स्थिर

२०८० असार २६, मंगलवार

काठमाडौं : मंगलबार नेपाली बजारमा सुन-चाँदीको मूल्य स्थिर छ। यो साताको आइतबारदेखि नै सुन-चाँदीको मूल्य यथावत रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, चाँदी प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय २६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार