रास्वपा उदयपछि विदेश जाने संख्या झनै बढ्यो : शंकर पोखरेल

२०८० श्रावण २, मंगलवार

काठमाडौँ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) राष्ट्रिय दलका रूपमा उदाएपछि विदेश जाने दर ह्वात्तै बढेको बताएका छन्। मंगलबार सामाजिक सञ्जालमा रास्वपा सभापति रवि लामिछानेलाई लक्षित गर्दै यस्तो बताएका हुन्। तर उनले नाम भने खुलाएका छैनन्।

देश गएकाहरूलाई देश फर्काउँछौँ भन्नेहरूलाई गएको निर्वाचनमा जनताले लोकप्रिय मत दिएको तर उनीहरू राष्ट्रिय दलका रूपमा उदाएपछि विदेशिने संख्या झनै बढेको उनको भनाइ छ।

रास्वपाका सभापति लामिछानेले गत मंसिरमा सम्पन्न प्रतिनिधिसभाको पूर्वसंघारमा विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने अभियान चाल्ने लोकप्रिय भाषण गरेका थिए। मंसिर १ गते चितवनमा आयोजित सभामा उनले भनेका थिए, ‘मेरो स्किम सुन्नुहोला, हामीले सय दिनभित्र कम्तीमा पनि सय जना युवालाई यो देशमा रोजगारी दिन विदेशका गल्ली गल्लीमा स्टिकर टाँस्नेछौँ।’ तर निर्वाचित भएर गृहमन्त्री नियुक्त भएपछि माघ २२ गते उनले स्वदेश फर्काउने अभियान चाल्नै नपर्ने भनेका थिए।

‘नेपाल फर्काउने अभियान चाल्ने भन्छन्। नेपाल फर्काउने अभियान चलाउनै पर्दैन। टिकट काट्ने आउने, केको अभियान? एयर टिकट बन्द भएको छ र?’ उनले भनेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार