कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठक सकियो, भोलि ११ बजे पुनः बस्ने

२०८० श्रावण २, मंगलवार

काठमाडौँ : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबार बसेको बैठक भोलि (बुधबार)सम्मका लागि स्थगित भएको छ। ११ महिनापछि मंगलबारबाट केन्द्रीय कार्यसमिति बैठक बसेको हो।

आजको बैठकमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरू आनन्द ढुंगाना, रमेश लेखक, गोपालमान श्रेष्ठ लगायतले आफ्नो धारणा राखेका थिए।

बैठकमा महामन्त्री थापाले सांगठानिक प्रस्ताव पेस गरेका थिए भने लेखकले संसद र खड्काले सरकारका बारेमा बैठकमा ब्रिफिङ गरेका थिए।

पार्टी सभापति शेरबहादुर देउवाले आजको बैठक सकिएको घोषणा गर्दै भोलि ११ बजे सबैलाई बैठकमा उपस्थित हुन निर्देशन दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार