सुन पसलमा बम राखेको भन्दै पैसा असुल्न खोज्ने पासवान पक्राउ

२०८० श्रावण ३, बुधबार

काठमाडौं : सिनामंगलको खोटाङ हलेँसी ज्वेलर्समा राखिएको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ । सुन पसलको सटरअगाडि राखेको वस्तु डिस्पोजका लागि नेपाली सेनाको टोली पुगेको थियो । डिस्पोजको क्रममा उक्त वस्तु बम नभएको खुलेको सेनाले बताएको छ ।

यसैबीच उक्त घटनामा संलग्न आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । सुन पसल नजिकैको होटलमा लुकेर बसेका रौतहटका खजाञ्ची पासवानलाई प्रहरीले पक्राउ गरेको हो । पासवानलाई अहिले गौशाला प्रहरीमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार