सुन तस्करी प्रकरण : यी हुन् पक्राउ परेका ४ जना

२०८० श्रावण ४, बिहीबार

काठमाडौँ : सय किलो सुन बरामद प्रकरणमा पक्राउ परेकामध्ये ४ जनाको परिचय खुलेको छ।

बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा गरेको खोजतलासका क्रममा विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको अनुमानित सय किलाे सुन विभागको टोलीले बरामद गरेको हो। सुनको परिमाण एकिन गर्ने भने बाँकी छ। 

राजस्व स्रोतका अनुसार सुन ओसारपसारमा संलग्न आरोपमा दोलखाको मेलुङ गाउँपालिका–३ घर भई हाल काठमाडौंको साँखु बस्ने २१ वर्षीय दिलिप भुजेल, सोही ठेगाना घर भई स्वयम्भू बस्ने वर्ष ५३ का रामकुमार भुजेल, भोजपुर अरुण गाउँपालिका ४ घर भई हाल बूढानीलकण्ठ बस्ने ४९ वर्षीय हर्कराज राई र पुरानो दिल्ली घर भई हाल काठमाडौंको पानीपोखरी बस्ने ५३ वर्षका भारतीय नागरिक थाप्तेन छिरिङलगायतलाई नियन्त्रणमा लिइएको हो। 

बिहीबार बिहानसम्म पक्राउ पर्नेको संख्या ६ पुगेको राजस्व अनुसन्धान विभागले जनाएको छ। पक्राउ पर्नेमा एक जना एजेन्टसमेत छन्। तर सबैको परिचय खुल्न बाँकी छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार