भन्सार विभागद्वारा सय किलो सुन प्रकरणमा छानबिन गर्न समिति गठन

२०८० श्रावण ४, बिहीबार

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएर बाहिरिएको १०० किलो सुन बरामद प्रकरणमा छानबिन गर्न भन्सार विभागले समिति बनाएको छ । यो सुन भन्सारबाट जाँचपास भएर बाहिरिइसकेको अवस्थाना ट्याक्सीबाट बरामद भएको थियो । राजश्व अनुसन्धान विभागले विशेष सुराकीका आधारमा सुन जफत गरेर २ जनालाई घटनास्थलबाटै पक्राउ गरेको थियो ।

भन्सार विभागका सूचना अधिकारी पुण्यबिक्रम खड्काका अनुसार विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा छानबिन समित गठन भएको छ । उक्त समितिले विमानस्थलको भन्सार जाँचपासमा क-कसको संलग्नता थियो भन्नेबारे छानबिन गर्नेछ ।

समितिले भन्सार अधिकृतलगायत अन्य कर्मचारीहरूको संलग्नताबारे पनि छानबिन गर्न लागेको हो। विमानस्थलमा रहेका सिसिटिभी फुटेजमा पनि जाँच गरिनेछ । भन्सार जाँचपासमा संलग्न कर्मचारीलाई निलम्बन गर्ने तयारीसमेत भएको छ। अन्यको पनि संलग्नता खुले त्यसअनुसार कारबाही अघि बढाइने सूचना अधिकारी खड्काले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार