तस्करीको थप सुन रहेको सूचनापछि राजस्वको टोली फेरि पुग्यो विमानस्थल भन्सार

२०८० श्रावण ४, बिहीबार

काठमाडौँ : हवाई मार्ग हुँदै ल्याइएको एक सय केजी सुन बुधबार बरामद भएपछि राजस्व अनुसन्धान विभागको टोलीले सक्रियता बढाएको छ। भन्सार जाँचपास भइसकेर ट्याक्सीमा सिनामंगलतर्फ लैजाँदै गरेको अवस्थामा बुधबार करिब एक क्विन्टल सुन विभागको टोलीले बरामद गरेको थियो।

उक्त परिमाणको सुन पाँच दिनसम्म विमानस्थल भन्सारमै राखेर बुधबार निकालिएको दाबी स्रोतले गरेको छ। यस्तोमा बुधबार गन्तव्यमा पुर्‍याउने गरी निकालिएको उक्त सुन विभागको टोलीले बाटैमा बरामद गरेको थियो।

बरामद उक्त सुन बुधबारै राष्ट्र बैंक लगिएको थियो। एक क्विन्टल सुन बरामद भइसकेपछि राजस्व अनुसन्धान विभागले बिहीबार फेरि विमानस्थल भन्सारमा छापा मार्ने तयारी गरेको छ।

हङकङसहित विभिन्न रुटबाट भित्रिएको अवैध सुन अझै विमानस्थलमा होल्डमा रहेको सूचनापछि विभागको टोली अहिले त्यहाँ पुगेको छ। विभागको टोलीले विमानस्थल भन्सारमा खानतलासी र छापा मार्न टोली पठाइसकेको एकजना अधिकारीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार