जन्मदिनमा देउवाले खुवाए गगनलाई केक

२०८० श्रावण ४, बिहीबार

काठमाडौं : महामन्त्री थापाको जन्मदिनमा सानेपामा आयोजित कार्यक्रमलाई कांग्रेसले आधिकारिक फेसबुकबाट लाइभसमेत गरेको थियो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापालाई जन्मदिनमा केक खुवाएका छन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबारको केन्द्रीय समिति बैठक स्थगित गरेलगत्तै सभापति देउवाले महामन्त्री थापालाई केक खुवाएका हुन्। साउन ३ गतेदेखि कांग्रेस केन्द्रीय समिति बैठक जारी छ। बैठक शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ।

आज बिहान ११ बजेदेखि ५:१५ बजेसम्म चलेको बैठकमा केन्द्रीय सदस्यहरूले १० एजेन्डामाथि केन्द्रित रहेर धारणा राखेका थिए। केहीले सभापति देउवाको त केहीले महामन्त्री थापाको आलोचना समेत गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार