काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी एकताबद्ध रहेको दाबी गर्दै कांग्रेस लगायत अन्य सबै दललाई पनि आन्तरिक एकता बलियो पार्न भनेका छन्।
उपाध्यक्ष, महासचिव सहितका पदाधिकारीले ओलीले नेतृत्व छाड्नुपर्ने भन्दै पार्टी पुनर्गठन अभियान चलाइरहेकै बेला ओलीले बिहीबार सार्वजनिक मञ्चबाट आफ्नो पार्टीमा कुनै समस्या नरहेको दाबी गरेका हुन्।
४८औं पुष्पलाल स्मृति दिवसका अवसरमा एमाले राजधानी प्रदेशले बबरमहलमा आयोजना गरेको कार्यक्रममा ओलीले भने, ‘अहिलेको समयमा सबै पार्टीहरूमा आन्तरिक एकता बलियो हुनु जरूरी छ। एमालेमा कुनै समस्या छैन।’





