मकवानपुरमा एसपी सिताराम रिजालको काज सरुवा

२०८० श्रावण ९, मंगलवार

काठमाडौं : जिल्ला प्रहरी कार्यालय मकवानपुरको इन्चार्जमा प्रहरी उपरीक्षक सिताराम रिजाललाई खटाइएको छ । प्रहरी प्रधान कार्यालयले उनलाई सोमबार मकवानपुरमा काज सरुवा गर्ने निर्णय गरेको हो ।

मकवानपुरमा कार्यरत एसपी बामदेव गौतम अनिवार्य अवकाशमा गएका छन् । उमेर हदका कारण गौतमले अवकाश पाएसँगै रिजाललाई मकवानपुरमा पठाइएको प्रहरी प्रधान कार्यालयका एक जना अधिकृतले जानकारी दिए ।

प्रहरी उपरीक्षक सिताराम रिजाल जिल्ला प्रहरी परिसर काठमाडौँमा कार्यरत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार