भागबन्डा नमिलेपछि नागरिक उन्मुक्ति सुदूरपश्चिम सरकारमा सहभागी नहुने

२०८० श्रावण ९, मंगलवार

काठमाडौं : नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम सरकारमा सहभागी नहुने भएको छ ।

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले मुख्यमन्त्री कमलबहादुर शाहलाई पत्र लेख्दै मन्त्रालयको भागबन्डा नमिलेकाले सरकारमा सहभागी नहुने जानकारी दिएकी हुन् ।

मंगलबार लेखिएको पत्रमा भनिएको छ, “नागरिक उन्मुक्ति पार्टी केन्द्रको निर्णय र सहमतिअनुसार सुदूरपश्चिम सरकारमा मन्त्रालयको भागबन्डा नमिलेकाले सहभागी नहुने जानकारी गराउँदछौँ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार