गैरहाजिर भएका २२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन

२०८० श्रावण १०, बुधबार

काठमाडौं : बिदा स्वीकृत नगराई कार्यालयमा हाजिर नभएका २२ जना प्रहरीहरुलाई सात दिनभित्र हाजिर हुन प्रहरी प्रधान कार्यालय नक्सालले निर्देशन दिएको छ ।

प्रहरी प्रधान कार्यालयले आज सूचना जारी गरी गैरहाजिर हुनुको कारण खुल्ने सन्तोषजनक स्पष्टीकरणसहित सात दिनभित्र हाजिर हुन भनेको हो । अन्यथा सेवाबाट हटाउने चेतावनी प्रहरी प्रधान कार्यालयले दिएको छ ।

सबैभन्दा लामो समयदेखि गैरहाजिर भएका प्रहरी जवान सप्तरीका नरेन्द्र कुमार साह छन् । प्रहरी चौकी सतिघट्टा झापा दरबन्दी भएका उनी २०७९ चैत २७ गतेदेखि कार्यालयमा हाजिर भएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार