काठमाडौं : बुधबार छापावाल सुनको मूल्य ५ सय रूपैयाँले बढेको छ । मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँ कायम भएकोमा आज ५ सय रूपैयाँले बढेर १ लाख १२ हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य प्रतितोला १ लाख १२ हजार १५० रुपैयाँ कायम भएको छ ।
मंगलबार चाँदीको मूल्य प्रतितोला १४ सय ५५ रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले बढेर १४ सय ६५ रूपैयाँ कायम भएको छ ।





