काठमाडौं : बिहीबार छापावाल सुनको मूल्य ८ सय रूपैयाँले बढेको छ । बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ७ सय रुपैयाँ कायम भएकोमा आज ८ सय रूपैयाँले बढेर १ लाख १३ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ९५० रुपैयाँ कायम भएको छ ।
बुधबार चाँदीको मूल्य प्रतितोला १४ सय ६५ रुपैयाँ कायम भएकोमा आज २५ रूपैयाँले बढेर १४ सय ९० रूपैयाँ कायम भएको छ ।





