सय केजी सुन प्रकरणमा थप एक जना पक्राउ

२०८० श्रावण ११, बिहीबार

काठमाडौँ : सय केजी सुन प्रकरणमा थप एक जना पक्राउ परेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गत साउन २ गते बरामद भएको एक क्विन्टल सुन प्रकरणमा बुधबार थप एकजना पक्राउ परेका हुन्।

राजस्व अनुसन्धान विभागले बुधबार सुरेन्द्र तामाङलाई पक्राउ गरेको स्रोतले जानकारी दियो। यो सँगै पक्राउ पर्नेको संख्या १७ पुगेको छ। यसै प्रकरणमा बुधबार अपरान्ह प्रहरीले कमलादीस्थित सेयर कारोबारी राकेश अडुकियाको घरमा छापा मारेको थियो।

त्यस लगत्तै बुधबार नै सोह्रखुट्टेस्थित एक गोदामा पनि छापा मारेको छ। उक्त गोदामबाट ६६ काटन ब्रेक शु बरामद गरिएको राजस्व स्रोतले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार